
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूले राख्ने स्वकीय सचिव नियुक्तिका लागि नयाँ नियम लागू गरेको छ। पार्टीले नियुक्ति प्रक्रिया निष्पक्ष, पारदर्शी र खर्चमा मितव्ययी बनाउन जोड दिएको छ। नयाँ व्यवस्थाअनुसार सांसदले आफ्नै परिवारका सदस्य वा नजिकका आफन्तलाई स्वकीय सचिव बनाउन पाउने छैनन्।
त्यसका लागि परिवारबाहिरका योग्य व्यक्ति छनोट गर्नुपर्नेछ। उम्मेदवारले संसद सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको, प्रविधि प्रयोगमा सक्षम र अनुसन्धान गर्न सक्ने हुनुपर्नेछ। साथै, योग्य उम्मेदवारमध्ये महिला, सीमान्तकृत समुदाय र पछाडि पारिएका वर्गका व्यक्तिलाई प्राथमिकता दिन पनि पार्टीले सांसदहरूलाई निर्देशन दिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे