
काठमाडौं: प्रधानमन्त्रीले आज प्रमुख निर्यातमुखी उद्योगका प्रतिनिधिहरूसँग भेटेर छलफल गर्ने भएका छन्। यो छलफल आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ।
छलफलमा प्लाइउड, गलैंचा, पश्मिना, कार्पेट तथा डग च्यु (कुकुरका लागि बनाइने चपाउने सामग्री) उत्पादन र निर्यातसँग सम्बन्धित उद्योगका प्रतिनिधिहरू सहभागी हुनेछन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ, कार्पेट तथा प्लाइउड निर्यातकर्ता तथा नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे