
काठमाडौँ । बाल मन्दिर जग्गा तथा ठगी प्रकरणमा आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि ठगीको आरोपमा मुद्दा चलाएको हो। मुद्दा परेका व्यक्तिहरूमा नेपाल बाल संगठनका पूर्व पदाधिकारी र कर्मचारीहरू रहेका छन्।
आठ जनामध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य पक्राउ परेका छन् भने बाँकी पाँच जनालाई फरार सूचीमा राखिएको छ। यस प्रकरणबारे छानबिन गर्न बनेको आयोगले २०७७ सालमै प्रतिवेदन बुझाएको थियो। सरकारले गत चैतमा उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि अहिले कानुनी प्रक्रिया अघि बढाइएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे