
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ। आयोगको बर्दिवासबाट खटिएको टोलीले सेवाग्राहीसँग रकम लिइरहेको बेला उनलाई नियन्त्रणमा लिएको हो।
आरोप अनुसार सिरहा सुपर मार्केट प्रालिको कर परीक्षण (फूल अडिट) सहज बनाइदिने भन्दै अधिकृत पालले कम्पनीसँग ५ लाख रुपैयाँ घुस मागेका थिए। घुस दिएपछि मात्र अडिट प्रक्रिया अघि बढाउने भन्दै कम्पनीसँग कागजातसमेत माग गरिएको बताइएको छ। कर अधिकृत पालले आफूभन्दा माथिका कर्मचारीलाई पनि मिलाउनुपर्ने भन्दै रकम मागेको आरोप लागेको छ। अख्तियारले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे