
काठमाडौँ । कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकार संकटमा परेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले सरकारविरुद्ध परेको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। बिहीबार बसेको दलको बैठकले नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिँदै प्रस्तावको पक्षमा जाने निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिएका छन्।
कर्णाली प्रदेशसभामा ४० सदस्य छन्, जसमा कांग्रेस र नेकपाका १४–१४, एमालेका १०, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन्। यसअघि कांग्रेसका मन्त्रीहरूले सरकारबाट राजीनामा दिएपछि कांग्रेस र नेकपाका केही सांसदको समर्थनमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। अब उक्त प्रस्तावमाथि मतदान हुँदा सरकारको भविष्य टुंगो लाग्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे