
काठमाडौँ । नेपालमा देखिएको बर्डफ्लुको संक्रमण अहिले नियन्त्रणमा आउन थालेको छ। पशु सेवा विभागका अनुसार साउन १ गतेपछि नयाँ संक्रमण पुष्टि भएको छैन। पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजलमा संक्रमण देखिएको थियो। हाल प्रभावित क्षेत्र वरपरका नमुना परीक्षण भइरहेको छ।
बर्डफ्लुका कारण हालसम्म ११ जिल्लाका किसान प्रभावित भएका छन्। विशेषगरी काठमाडौं उपत्यका र काभ्रेमा धेरै संक्रमण देखिएको थियो। संक्रमण नियन्त्रणका लागि सरकारले आठ लाखभन्दा बढी पन्छी नष्ट गरेको छ भने अण्डा र दाना पनि नष्ट गरिएको छ। प्रभावित किसानलाई सरकारले राहत रकम उपलब्ध गराइरहेको छ। विभागका अनुसार सरकारी प्रयास र किसानको सहयोगका कारण संक्रमण घटेको हो। अहिले अण्डा र मासुको बिक्री बढ्न थालेपछि किसानले पनि केही राहत महसुस गर्न थालेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे