
काठमाडौं। बैंकिङ कसुर मुद्दामा फरार रहेका व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधबार काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको हो।
शंकर ग्रुपका अध्यक्षसमेत रहेका अग्रवाल लामो समयदेखि फरार थिए। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गर्ने तयारी भइरहेको सीआईबीले जनाएको छ।
प्रहरीका अनुसार अग्रवालमाथि बैंकिङ कसुरसम्बन्धी आरोप छ। अब उनलाई अदालतमा उपस्थित गराएर थप कानुनी प्रक्रिया अघि बढाइने र घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे