
काठमाडौँ । बर्डफ्लुको असरले घटेको अण्डाको मूल्य फेरि बढ्न थालेको छ। उत्पादन कम हुनु र बजारमा माग बढ्नु यसको मुख्य कारण हो। नेपाल लेयर्स कुखुरापालक सङ्घका अनुसार ठूला अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ४५० रुपैयाँबाट बढेर ५०० रुपैयाँ पुगेको छ। मध्यम अण्डाको मूल्य ४२० बाट बढेर ४७० रुपैयाँ र सानो अण्डाको मूल्य ४१५ रुपैयाँ पुगेको छ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुका कारण दैनिक अण्डा उत्पादन ४५ लाखबाट घटेर करिब २८ लाखमा झरेको छ। यसअघि मूल्य घटेर किसानले ठूलो घाटा बेहोर्नुपरेको थियो। अहिले माग बढेपछि मूल्य सुधार हुन थाले पनि किसानले अझै उत्पादन लागत बराबरको आम्दानी पाउन सकेका छैनन्। प्रभावित किसानलाई सरकारले सहयोग गर्नुपर्ने सङ्घको माग छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे