
काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीले पछिल्ला केही दिनदेखि देशको अर्थतन्त्र सुधार गर्ने उद्देश्यले विभिन्न उद्योगी तथा व्यवसायीसँग भेटघाट र छलफल गर्दै आएका छन्।
आजको बैठकमा हस्तकला उद्योगको अवस्था, यसको विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना र निर्यात बढाउने उपायबारे कुराकानी हुने बताइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा महासंघका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान वज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न धाक्ख्वा र निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनेछन्। बैठकबाट हस्तकला क्षेत्रलाई थप सहयोग गर्ने विषयमा पनि चर्चा हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे