
काठमाडौँ – काठमाडौँको कीर्तिपुर ट्याङ्लाफाँटमा निजी गाडीमा आगलागी हुँदा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार बिहान करिब साढे ११ बजे बा ५ च ३०३८ नम्बरको गाडीमा अचानक आगो लागेको थियो। आगो लागेपछि चालक गाडीभित्रै फसेका थिए र समयमै उद्धार हुन नसक्दा उनको जलेर मृत्यु भएको हो।
घटनापछि स्थानीय बासिन्दा र प्रहरीले मिलेर आगो निभाउने प्रयास गरेका थिए। केही समयपछि आगो नियन्त्रणमा आए पनि चालकलाई बचाउन सकिएन। मृतक चालकको पहिचान अझै खुल्न सकेको छैन। आगलागीको कारण पनि थाहा हुन सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे