
काठमाडौँ – काठमाडौँको गोकर्णेश्वर–८ माकलबारी क्षेत्रमा बस्दै आएकी २७ वर्षीया सालु गुरुङ गम्भीर रूपमा घाइते भएपछि उपचाररत छिन्। प्रहरीका अनुसार राति करिब २:५० बजे उनले आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा पेट्रोल प्रयोग गरी आफूलाई आगो लगाउने प्रयास गरेकी थिइन्। घटनापछि उनका श्रीमान्ले तत्काल उद्धार गरी शुस्मा कोइराला मेमोरियल अस्पताल, साँखु पुर्याएका थिए। पछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ। अस्पतालले उनको शरीरको जलेको भागको उपचार आइसीयुमा भइरहेको जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा घरायसी विवादपछि घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे