
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफ्ना मातहतका सबै कर्मचारीलाई आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ। मन्त्रालयले मातहतका संस्था, बोर्ड, कम्पनी र प्राधिकरणलाई पनि आफ्ना कर्मचारीबाट विवरण संकलन गर्न भनेको छ। कानुनअनुसार सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको विवरण हरेक वर्ष बुझाउनुपर्ने व्यवस्था छ।
नयाँ कर्मचारीले नियुक्ति भएको ६० दिनभित्र र पुराना कर्मचारीले आर्थिक वर्ष सकिएको ६० दिनभित्र विवरण बुझाउनुपर्छ। विवरण बुझाउँदा खाममा कर्मचारीको नाम, संकेत नम्बर, कार्यालय र मोबाइल नम्बर स्पष्ट लेख्नुपर्नेछ। संकलित विवरण राष्ट्रिय सतर्कता केन्द्रको सफ्टवेयरमा राख्नुपर्ने व्यवस्था गरिएको छ। सरकारले यो प्रक्रिया पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका लागि कडाइका साथ लागू गर्न लागेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे