
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले विभिन्न व्यवसायी र उद्योगीहरूसँग लगातार छलफल गरिरहेका छन्। आज उनले चिया उद्योगका प्रतिनिधिहरूसँग भेटेर उनीहरूले भोगिरहेका समस्या र समाधानका उपायबारे कुरा गर्नेछन्। यसअघि उनले हस्तकला, उद्योग, व्यापार, निर्माण, फुटवेयर, सेयर लगानीकर्ता र तयारी पोसाक उद्योगका प्रतिनिधिहरूसँग पनि भेटेका थिए। ती छलफलमा भने अर्थमन्त्री र अन्य सम्बन्धित मन्त्री सहभागी थिएनन्।
आजको बैठकमा अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टि स्टेट, हिमालयन सांग्रिला चिया उद्योग र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका प्रतिनिधि सहभागी हुनेछन्। हाल भारतको नयाँ गुणस्तर परीक्षण नियमका कारण नेपाली चियाको निर्यात करिब दुई महिना रोकिएको थियो। यसले इलाम र झापाका धेरै चिया उद्योग बन्द भए भने कामदार पनि प्रभावित बनेका थिए। यही विषयमा पनि आज छलफल हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे