• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २१, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मनास्लु र लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न प्रशासनको आग्रह

३ घण्टा अघि
२

केरुङमा थन्किएका ४०० कन्टेनरभन्दा बढी सामान कोरला नाकाबाट नेपाल ल्याइँदै

४ घण्टा अघि
३

फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

५ घण्टा अघि
४

ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन

५ घण्टा अघि
५

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाको प्रतिबद्धता

६ घण्टा अघि
६

भोटेकोशी बाढीमा मृत्यु भएका २४४ जनाको शव शिक्षण अस्पताल ल्याइयो

६ घण्टा अघि
७

वैकल्पिक मार्गबाट दुई दिनमै उपत्यकामा ५८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

७ घण्टा अघि
८

कान्ति राजमार्गमा पहिरो पन्छाउने काम अन्तिम चरणमा

७ घण्टा अघि
९

भोटेकोशी बाढीपछि देवीघाटमा तुइन सञ्चालनमा

८ घण्टा अघि
१०

महाविपद्पछि उपत्यकावासीको सामूहिक आवाज : बेपत्ताको खोजी र पुनर्निर्माणमा जोड

८ घण्टा अघि
११

११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार

१ दिन अघि
१२

माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८१ मंसिर ३०, आईतबार (१ साल अघि)

सूचनाको हकको प्रचलन र संरक्षणमा राष्ट्रिय सूचना आयोग

  • 7,828 Views
  • काठमाण्डौ ।नेपालको संविधानको धारा २७ मा उल्लिखित सूचना माग्ने र पाउने हकको कार्यान्वयनका लागि सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ११ (१) अनुसार राष्ट्रिय सूचना आयोग गठन भएको थियो। नेपाल सरकारको मन्त्रिपरिषद्को २०७६ साल मंसीर २३ गतेको निर्णयअनुसार हालको आयोगलाई नियुक्ति दिइएको थियो, र आयोगले पुस २४ गते प्रधानमन्त्रीसँग शपथ लिएर कार्यारम्भ गरेको थियो।

    सपथ ग्रहणपछि आयोगले नेपालको संविधान र सूचनाको हकसम्बन्धी कानूनका प्रावधानहरूको इमानदारीपूर्वक र प्रभावकारी कार्यान्वयन गर्दै कार्यहरू अघि बढाएको छ। यस अवधिमा आयोगले सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलनका लागि विभिन्न महत्वपूर्ण आदेश र कार्यहरू गरेको छ, जसका बारेमा आयोगले हालै एक प्रतिवेदन जारी गरेको छ।

    आयोगका प्रमुख कार्यहरूमा सार्वजनिक निकायबाट सूचना नपाएको कारणले ५,१८२ पुनरावेदन आयोगमा परेको र ९५ प्रतिशतभन्दा बढी पुनरावेदनको समाधान गरिएको उल्लेख गरिएको छ। यस अवधिमा, आयोगले आदेश जारी गरेपछि पनि सूचना उपलब्ध नगराएको कारण १८ वटा सार्वजनिक निकायका प्रमुखहरूको कारवाहीको लागि जरिवाना र विभागीय कारवाहीका लागि निर्देशन दिएको छ।

    आयोगको कार्यक्षेत्रमा सूचनादाताको संरक्षणसम्बन्धी ४ वटा उजुरी परेको थियो, जसमा ३ वटामा निर्णय गरिएको छ। २ वटामा सूचनादाताको संरक्षण गर्न आदेश दिइएको छ भने एक वटामा पर्याप्त प्रमाणको अभावका कारण खारेज गरिएको छ।

    आयोगको कडा निगरानी र आदेशका कारण सूचनाको हकको दुरुपयोगको सम्बन्धमा ३ वटा उजुरी प्राप्त भएको थियो, जसमा कुनै प्रमाण नपाइने कारण ती सबै खारेज गरिएको छ। त्यस्तै, अन्य महत्वपूर्ण आदेशहरूको सूचीमा तराई-मधेशमा भएका विभिन्न आन्दोलनहरूको विषयमा गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने आदेश, ३३ किलो सुनको मुद्दामा बनेको समितिको प्रतिवेदन सार्वजनिक गर्ने आदेश, लोक सेवा आयोगका परीक्षाफलहरू सार्वजनिक गर्ने आदेश, र निजी विद्यालयमा सूचनाको हक लागू गर्ने आदेश रहेका छन्।

    आयोगले विभिन्न सार्वजनिक निकायमा सूचना अधिकारी तोक्ने र ३ महिनामा स्वतः प्रकाशित गर्न निर्देशन जारी गरेको छ। यसका साथै, आयोगले विभिन्न सरकारी र सार्वजनिक निकायहरूको कार्यान्वयन निगरानीको लागि समन्वय इकाईको गठन र अनुगमनका कार्यहरू पनि अघि बढाएको छ।

    सार्वजनिक निकाय र सूचना मागकर्ताका लागि सहयोगी पुस्तिकाको निर्माण र वितरण पनि आयोगको प्रमुख कार्यमध्ये एक हो। यी पुस्तिकाहरूलाई अङ्ग्रेजी, मैथिली, भोजपुरी, थारु, र अवधी भाषामा समेत प्रकाशित गरी वितरण गरिएको छ। यसका अतिरिक्त, सूचना अधिकारका विषयमा जानकारी प्रवाह गर्न रेडियो, टेलिभिजन र सामाजिक मिडियाको माध्यमबाट प्रचार-प्रसार गरिएको छ।

    आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा ६ वटा प्रदेश र लुम्बिनी तथा मधेश प्रदेशका ४ जिल्लामा अडिट सम्पन्न गरेको छ। नागरिक सचेतनासम्बन्धी अध्ययन पनि गरिएको छ, जसमा धेरै सार्वजनिक निकायले सूचना अधिकारी तोकेको पाइन्छ, तर स्वतः प्रकाशनको कार्यमा अझै पनि सुधारको आवश्यकता देखिएको छ।

    आयोगको अन्य महत्वपूर्ण कार्यहरूमा विद्यालय तहमा अनिवार्य सामाजिक विषयमा सूचनाको हकको समावेश, दिगो विकास लक्ष्यको प्राप्तिका लागि युनेस्कोको प्रतिवेदनमा नेपालको सन्तोषजनक स्थान, र सूचनाको हकको कार्यान्वयनका लागि पाठ्यक्रम समावेश गर्ने प्रयास छन्।

    अन्ततः, आयोगले आफ्नो कार्यको वार्षिक प्रतिवेदन संसदमा प्रस्तुत गर्नका लागि ५ वटा प्रतिवेदन बुझाएको छ र त्यसमा ७० वटा सुझावहरू दिइएको छ। आयोगको विश्वास छ कि यी सुझावहरूको कार्यान्वयनले सूचनाको हकको प्रभावकारी कार्यान्वयनमा सकारात्मक प्रभाव पर्नेछ।

    आयोगले संविधानको धारा २७ अन्तर्गत नागरिकको सूचनाको हकको प्रचलन र प्रबद्र्धनमा योगदान पुर्याउने नेपाल सरकार, सार्वजनिक निकाय, नागरिक समाज, अभियन्ता र आयोगका कर्मचारीहरूप्रति आभार व्यक्त गरेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मनास्लु र लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न प्रशासनको आग्रह
    ३ घण्टा अघि

  • २

    केरुङमा थन्किएका ४०० कन्टेनरभन्दा बढी सामान कोरला नाकाबाट नेपाल ल्याइँदै
    ४ घण्टा अघि

  • ३

    फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल
    ५ घण्टा अघि

  • ४

    ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन
    ५ घण्टा अघि

  • ५

    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाको प्रतिबद्धता
    ६ घण्टा अघि

  • ६

    भोटेकोशी बाढीमा मृत्यु भएका २४४ जनाको शव शिक्षण अस्पताल ल्याइयो
    ६ घण्टा अघि

  • ७

    वैकल्पिक मार्गबाट दुई दिनमै उपत्यकामा ५८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर
    ७ घण्टा अघि

  • ८

    कान्ति राजमार्गमा पहिरो पन्छाउने काम अन्तिम चरणमा
    ७ घण्टा अघि

  • ९

    भोटेकोशी बाढीपछि देवीघाटमा तुइन सञ्चालनमा
    ८ घण्टा अघि

  • १०

    महाविपद्पछि उपत्यकावासीको सामूहिक आवाज : बेपत्ताको खोजी र पुनर्निर्माणमा जोड
    ८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution