
काठमाडौँ । सरकारले सक्कली बिल लिने बानीलाई प्रोत्साहन गर्न नयाँ योजना ल्याएको छ। अब भ्याट (VAT) र प्यान (PAN) मा आबद्ध व्यवसायबाट कम्तीमा १०० रुपैयाँ वा सोभन्दा बढीको सामान वा सेवा खरिद गर्दा सक्कली बिल लिने ग्राहकले पुरस्कार जित्ने अवसर पाउनेछन्। चाहे नगद तिर्नुहोस् वा अनलाइन, सक्कली बिल लिनु अनिवार्य हुनेछ। यही बिलमा भएको नम्बरका आधारमा विजेता छनोट गरिनेछ। योजनाअनुसार हरेक दिन एक जना ग्राहकलाई एक लाख रुपैयाँ पुरस्कार दिइनेछ भने प्रत्येक महिनामा दुई जनाले १०–१० लाख रुपैयाँको बम्पर पुरस्कार पाउनेछन्।
हालका लागि विजेताको घोषणा महिनाको १६ गते र अन्तिम दिन गरिने सरकारको तयारी छ। यो कार्यक्रम चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएको थियो। यसको कार्यान्वयनका लागि आवश्यक कार्यविधि तयार भइसकेको छ र थप जानकारी सरकारले छिट्टै सार्वजनिक गर्ने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे