
काठमाडौँ- आज संघीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा हुनेछ। बैठकमा प्रमुख निर्वाचन आयुक्त र दुई जना निर्वाचन आयुक्तका लागि सिफारिस भएका व्यक्तिबारे छलफल गरिनेछ। उनीहरूविरुद्ध परेका उजुरीको समीक्षा गर्नुका साथै प्रस्तावित उम्मेदवारहरूले पेस गरेका कार्ययोजनाबारे पनि समितिका सदस्यहरूले जानकारी लिनेछन्।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरेको थियो। अब संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले उनीहरूलाई औपचारिक रूपमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। त्यसैले आजको बैठकलाई निर्वाचन आयोगको नेतृत्व चयन प्रक्रियाको महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे