
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिँदै आज नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुने छलफलमा तयारी पोसाक उद्योगको अहिलेको अवस्था, उद्योगीले भोगिरहेका समस्या, उत्पादन र निर्यात बढाउने उपाय, रोजगारी सिर्जना तथा उद्योग क्षेत्रको विकासबारे कुराकानी हुनेछ।
सरकारले उद्योग क्षेत्रका सुझाव सुनेर आवश्यक नीतिगत सुधारका सम्भावना पनि छलफल गर्ने अपेक्षा गरिएको छ। बैठकमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष वसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे