
काठमाडौँ । रास्वपाका सांसद तथा पूर्वमन्त्री बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिमाना गरेको छ। गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई कारबाही गरेको हो। सिरहा क्षेत्र नम्बर १ का सांसद गुप्ताको उक्त भिडियो सार्वजनिक भएपछि धेरैले ट्राफिक नियम मिचेको भन्दै आलोचना गरेका थिए।
सांसद गुप्ताले भने पुरानो ठाउँमा पुग्दा बाल्यकालका सम्झना ताजा भएर रमाइलो गर्ने क्रममा गल्ती भएको बताएका छन्। उनले मोटरसाइकलमा उभिएर भिडियो बनाउनु ट्राफिक नियमविपरीत रहेछ भन्ने महसुस गरेको भन्दै माफी मागेका छन्। साथै, आगामी दिनमा आफ्नो ऊर्जा देश र जनताको हितमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे