
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाहले देशको अवस्थालाई गम्भीर रूपमा नलिएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले सरकार निष्क्रिय भएर बस्न नहुने र जनतासँग प्रत्यक्ष संवाद गर्दै शान्ति–सुरक्षा कायम गर्न सक्रिय हुनुपर्ने बताए। उनले सरकारले अभिभावकको जस्तो जिम्मेवारी पूरा गर्न नसकेको टिप्पणी गरे।
देश चलाउन कठिन भइरहेको हो भने प्रधानमन्त्री वा सरकारले जिम्मेवारी छोड्न सक्ने उनको भनाइ थियो। राईले नेतृत्व गर्न नसक्ने अवस्था आए अन्य सक्षम व्यक्तिले देशको जिम्मेवारी सम्हाल्न सक्ने बताए। उनले वर्तमान परिस्थितिमा सरकार जनताप्रति अझ जिम्मेवार र सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे