• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ग्यास, रोजगारी र महँगी नियन्त्रणमा सरकार कमजोर रहयो: हर्क साम्पाङ

१२ घण्टा अघि
२

सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिन महालेखा नियन्त्रकको निर्देशन

१३ घण्टा अघि
३

मन्त्रीलाई हेलिकप्टर, जनतालाई सिटामोलसमेत छैन:वासना थापा

१३ घण्टा अघि
४

ओमानमा बम खसाल्ने ट्रम्पको चेतावनी

१३ घण्टा अघि
५

सभामुख र उपसभामुख निष्पक्ष हुनुपर्छ :शंकर पोखरेल

१४ घण्टा अघि
६

प्रतिनिधिसभा बैठक बस्दै , चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

१५ घण्टा अघि
७

काठमाडौं महानगरले माग्यो ३६ सामुदायिक विद्यालयका लागि प्रधानाध्यापक

१५ घण्टा अघि
८

प्रधानमन्त्री बालेन शाह र भारतीय सेना प्रमुख सेठबीच आज भेटवार्ता हुँदै

१५ घण्टा अघि
९

स्थानीय तहमा कानुनविपरीत करार नियुक्ति, २९२ पालिकाले ४ हजार ५४७ कर्मचारी राखे

२१ घण्टा अघि
१०

माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

१ दिन अघि
११

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

१ दिन अघि
१२

रास्वपाको केन्द्रीय समिति बैठक भदौ ५ गते बस्दै

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण १४, बिहिबार (२ हफ्ता अघि)

विद्युत् महसुल पुनरावलोकन गर्न १५ दिनभित्र प्रतिवेदन दिने समिति गठन

  • 1,079 Views
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले हालको विद्युत् महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न १५ दिनको समयसीमासहित एक समिति गठन गरेको छ। समितिले तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ विद्युत् महसुल निर्धारणका लागि विद्युत् नियमन आयोगसमक्ष प्रस्ताव पेश गर्ने प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ।

    प्राधिकरणले विद्युत् महसुललाई समयानुकूल, उपभोक्तामैत्री तथा उत्पादनमुखी बनाउन पुनरावलोकन प्रक्रिया सुरु गरेको हो। बढ्दो जलविद्युत् उत्पादनको अधिकतम उपयोग, आन्तरिक विद्युत् खपत विस्तार तथा प्रभावकारी महसुल प्रणाली विकास गर्ने उद्देश्यले सञ्चालक समितिले अध्ययन समिति गठन गर्ने निर्णय गरेको जनाएको छ।

    प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार पछिल्ला वर्षहरूमा जलविद्युत् उत्पादन उल्लेखनीय रूपमा वृद्धि भएको छ। विशेषगरी वर्षायाममा उत्पादित विद्युत्को पूर्ण उपयोग हुन नसकिरहेको अवस्थामा आन्तरिक विद्युत् खपत बढाउने नीति आवश्यक देखिएकाले गार्हस्थ्य तथा औद्योगिक क्षेत्रलाई लक्षित गरी महसुल संरचनामा सुधार गर्न लागिएको उनले बताए।

    प्राधिकरणले गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत उपलब्ध गराउने तथा उच्च विद्युत् खपत गर्ने उत्पादनमूलक उद्योगलाई प्रतिस्पर्धी र सहज दरमा विद्युत् उपलब्ध गराउने लक्ष्य राखेको छ। यसबाट उपभोक्ताको मासिक विद्युत् खर्च घट्नुका साथै उद्योगको उत्पादन लागतसमेत कम हुने अपेक्षा गरिएको छ।

    महसुल पुनरावलोकनका लागि सञ्चालक समिति सदस्य शाहीको संयोजकत्वमा गठित समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जा तथा विद्युत् क्षेत्रका विज्ञ, उपभोक्ता प्रतिनिधि तथा नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य–सचिव रहने व्यवस्था गरिएको छ।

    यसैबीच, सञ्चालक समितिले विगतका खरिद प्रक्रिया तथा सञ्चालनमा रहेका परियोजनासम्बन्धी उजुरी र गुनासोको अध्ययन गर्न छुट्टै छानबिन समिति पनि गठन गरेको छ। सञ्चालक समिति सदस्य शम्भु केसीको संयोजकत्वमा गठित उक्त समितिमा प्राविधिक, कानुनी तथा सार्वजनिक खरिदसम्बन्धी तीन जना विज्ञ सदस्य रहनेछन् भने प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशक सदस्य–सचिव रहनेछन्।

    छानबिन समितिलाई विगतका खरिद प्रक्रिया, सञ्चालनमा रहेका परियोजना तथा प्राप्त उजुरीहरूको अध्ययन गरी आवश्यक सुधारका सुझावसहित दुई महिनाभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्राधिकरणले जनाएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ग्यास, रोजगारी र महँगी नियन्त्रणमा सरकार कमजोर रहयो: हर्क साम्पाङ
    १२ घण्टा अघि

  • २

    सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिन महालेखा नियन्त्रकको निर्देशन
    १३ घण्टा अघि

  • ३

    मन्त्रीलाई हेलिकप्टर, जनतालाई सिटामोलसमेत छैन:वासना थापा
    १३ घण्टा अघि

  • ४

    ओमानमा बम खसाल्ने ट्रम्पको चेतावनी
    १३ घण्टा अघि

  • ५

    सभामुख र उपसभामुख निष्पक्ष हुनुपर्छ :शंकर पोखरेल
    १४ घण्टा अघि

  • ६

    प्रतिनिधिसभा बैठक बस्दै , चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने
    १५ घण्टा अघि

  • ७

    काठमाडौं महानगरले माग्यो ३६ सामुदायिक विद्यालयका लागि प्रधानाध्यापक
    १५ घण्टा अघि

  • ८

    प्रधानमन्त्री बालेन शाह र भारतीय सेना प्रमुख सेठबीच आज भेटवार्ता हुँदै
    १५ घण्टा अघि

  • ९

    स्थानीय तहमा कानुनविपरीत करार नियुक्ति, २९२ पालिकाले ४ हजार ५४७ कर्मचारी राखे
    २१ घण्टा अघि

  • १०

    माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो

    नेपाल नक्सा
    २

    अस्पतालका ४० स्वास्थ्य उपकरण वर्षौंदेखि बन्द, मर्मत अभावमा उपचार सेवा प्रभावित

    नेपाल नक्सा
    ३

    ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    नेपाल नक्सा
    ४

    सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख

    नेपाल नक्सा
    ५

    खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सिंहदरबारमा सञ्चालन

    नेपाल नक्सा
    ६

    करदाताको संख्या ७१ लाख नाघ्यो, पेसागत क्षेत्र अझै पूर्ण रूपमा करको दायराबाहिर

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution