
काठमाडौं । राहदानी बनाउन लामो लाइन बस्नुपर्ने र धेरै समय कुर्नुपर्ने समस्या कम गर्न राहदानी विभागले सेवा समय बढाएको छ। बिहीबारदेखि लागू हुने गरी विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ। विभागका अनुसार साउन २२ गतेसम्म यो व्यवस्था लागू रहनेछ। पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ। यसले सेवाग्राहीलाई आफूलाई अनुकूल समय रोजेर राहदानी बनाउन सहज हुनेछ।
साथै, नियमित कार्यालय समयमा आउन नसक्ने कर्मचारी, विद्यार्थी र टाढाबाट आउने नागरिकलाई ध्यानमा राख्दै शनिबार र सार्वजनिक बिदाका दिन पनि कार्यालय खुला रहनेछ। ती दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सेवा दिइनेछ। विभागले यस व्यवस्थाले राहदानी बनाउन लागेको भीड कम हुने र सेवाग्राहीले छिटो तथा सहज रूपमा सेवा पाउने विश्वास गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे