
काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। नियुक्तिपछि उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा आयोजित कार्यक्रममा डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी, व्यवस्थित तथा सेवामुखी बनाउने उद्देश्यका साथ डा. प्याकुरेललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको जनाएको छ। नियुक्तिसँगै उनले बोर्डको नेतृत्व सम्हाल्दै स्वास्थ्य बीमा प्रणालीको कार्यान्वयन तथा व्यवस्थापनलाई थप सुदृढ बनाउन भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे