
काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले बिहीबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार भेटका क्रममा सभामुख अर्यालले देशको पछिल्लो राजनीतिक अवस्था र संसद्मा भइरहेका गतिविधिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। भेटमा समसामयिक राजनीतिक विषय र संसदीय कामकारबाहीका बारेमा पनि छलफल भएको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे