
काठमाडौँ — सोमबार बिहान विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीले छापा मारेको छ। बिहान करिब पौने ५ बजे एक दर्जनभन्दा बढी गाडीमा पुगेको प्रहरी टोलीले करिब पाँच घण्टासम्म घरको विस्तृत खानतलासी गरेको थियो। प्रहरीले घरका कोठा, भान्सा, दराजलगायत सबै ठाउँ जाँच गरेको भए पनि कुनै सामान बरामद नगरेको मुन्दडाले बताएका छन्। उहाँका अनुसार प्रहरीले आफ्नो काम पूरा गरेर कुनै वस्तु नलगी फर्किएको र सबै ठीक रहेको जनाएको थियो।
मोरङ प्रहरीले गृह मन्त्रालयको निर्देशनअनुसार अनुसन्धानका लागि खोजतलास गरिएको जनाएको छ, तर छापाको वास्तविक कारण भने खुलाएको छैन। खानतलासीका क्रममा घर वरपरको सडकसमेत केही समय बन्द गरिएको थियो। त्यसपछि केही राजनीतिक दलका नेताहरू पनि मुन्दडाको घर पुगेका थिए। प्रहरीले भने घटनाबारे औपचारिक विवरण अझै सार्वजनिक गरेको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे