
काठमाडौँ – नेपाल शिक्षक महासंघले आफ्ना माग पूरा नभए भदौ महिनादेखि देशभर आन्दोलन गर्ने निर्णय गरेको छ। महासंघको राष्ट्रिय परिषद् बैठकले आन्दोलनमा जाने निर्णय गरेको हो। महासचिव तुलाबहादुर थापाका अनुसार आन्दोलनको मिति र कार्यक्रम भने छिट्टै बस्ने विस्तारित बैठकले तय गर्नेछ।
महासंघले सरकारले नयाँ शिक्षा ऐन तुरुन्त ल्याउनुपर्ने माग गरेको छ। साथै, शिक्षा नियमावलीको दशौँ संशोधनमा रहेका केही व्यवस्था शिक्षकको हितमा नभएको भन्दै त्यसप्रति असहमति जनाएको छ। शिक्षक सरुवा प्रणालीलाई व्यवस्थित बनाउन, विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास शिक्षक र अस्थायी शिक्षकको उचित व्यवस्थापन गर्न पनि महासंघले माग राखेको छ। यी माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी महासंघले दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे