
काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका धेरै नदीमा पानीको बहाव बढ्ने चेतावनी दिएको छ। अहिले ठूला नदीहरूको पानी सतर्कता तहभन्दा तल भए पनि लगातार वर्षाका कारण पानी बढ्न सक्ने विभागले जनाएको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीसहित तिनका सहायक नदीहरूमा जलस्तर बढ्ने सम्भावना छ। साथै, काठमाडौँ उपत्यकासहित पूर्व, मध्य र पश्चिम नेपालका धेरै जिल्लामा बहने साना नदी र खोलामा आकस्मिक बाढी (फ्ल्यास फ्लड) आउने मध्यम जोखिम रहेको छ।
विभागले नदी किनार र बाढीको जोखिम भएका क्षेत्रमा बस्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। नियमित रूपमा मौसम र बाढीसम्बन्धी सूचना हेर्न, आवश्यक तयारी गर्न र जोखिम बढे सुरक्षित स्थानमा जान पनि अनुरोध गरिएको छ। मनसुन अझै सक्रिय रहेकाले साउन २० गतेसम्म केही नदीमा पानीको बहाव थप बढ्न सक्ने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे