
काठमाडौँ – पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी मृत्यु भएका तीन नेपाली आरोहीको शव आज नेपाल ल्याइँदै छ। गत साउन १४ गते भएको दुर्घटनामा किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको मृत्यु भएको थियो। उनीहरूको शव कतार एयरवेजको विमानमार्फत आज अपराह्न ४ः४५ बजे काठमाडौं ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ।
यस दुर्घटनामा मृत्यु भएका अर्का नेपाली आरोही पुरबहादुर गुरुङ ‘युक्त’को शव भने साउन २१ गते नै नेपाल ल्याइसकिएको छ। दुर्घटनापछि अझै तीन जनाको शव नेपाल ल्याउन बाँकी छ। बाँकी शवमध्ये एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोहीको रहेको बताइएको छ। उनीहरूको शव फिर्ता ल्याउने प्रक्रिया जारी रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे