
काठमाडौँ । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र विमलको ७९ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित उहाँको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा गएराति निधन भएको परिवारले जनाएको छ।
डा. विमलले नेपाली, मैथिली र हिन्दी भाषामा साहित्य सिर्जना गर्नुका साथै भाषा अनुसन्धान र अध्यापनमा महत्वपूर्ण योगदान दिनुभएको थियो। उहाँले करिब चार दशक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुभएको थियो। कथा, कविता, गीत, गजल, नाटक, उपन्यास र समालोचनालगायत क्षेत्रमा उहाँका कृतिहरू प्रकाशित छन्।
मैथिली भाषा, साहित्य र मिथिलाको संस्कृतिमा पुर्याएको योगदानका लागि उहाँ विभिन्न पुरस्कारबाट सम्मानित हुनुभएको थियो। उहाँको अन्त्येष्टि आज दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा गरिने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे