
काठमाडौं – त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि मृत्यु भएका गणेश नेपालीको घटनाबारे छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ। पूर्वन्यायाधीश केशवप्रसाद बाँस्तोलाको नेतृत्वमा बनेको समितिले आइतबार प्रतिवेदन बुझाएको हो। समितिले घटनाका प्रत्यक्षदर्शी, काठमाडौं महानगरपालिकाका नगर प्रहरी, प्रहरी कर्मचारी र अस्पतालका चिकित्सकसँग जानकारी लिएको थियो। साथै, घटनास्थलको सीसीटीभी फुटेज पनि हेरेको थियो।
गत असार २५ गते राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङको विषयमा नगर प्रहरीले जरिवाना गरेपछि गणेश नेपालीसँग विवाद भएको थियो। त्यसपछि उनले मोटरसाइकलबाट पेट्रोल निकालेर आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भयो।
घटनापछि परिवारले नगर प्रहरीलाई दोष लगाउँदै शव बुझ्न मानेन। सरकारले परिवारका माग पूरा गर्ने सहमति गरेपछि आन्दोलन रोकिएको थियो। अब मन्त्रिपरिषद्ले प्रतिवेदनका आधारमा निर्णय गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे