
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानबाट सुरक्षा खतरा बढेपछि गत महिना टर्कीबाट बेलायत जाँदा गोप्य रूपमा सानो विमान प्रयोग गरेको खुलासा भएको छ। वासिङ्टन पोस्टका अनुसार ट्रम्प टर्कीमा ठूलो एयर फोर्स वनमा चढे पनि पछि सानो सी–३२ए विमानबाट बेलायत पुगेका थिए। सुरक्षा कारणले यो जानकारी गोप्य राखिएको थियो। ठूलो विमानमा रहेका पत्रकार र केही अधिकारीलाई ट्रम्प त्यही विमानमा रहेको विश्वास दिलाइएको थियो।
यसअघि पनि इरानी प्रोक्सी समूहबाट हुन सक्ने खतराका कारण ट्रम्पले कतारले उपहार दिएको नयाँ बोइङ ७४७ विमान प्रयोग नगरेको रिपोर्ट आएको थियो। उक्त नयाँ विमानको सुरक्षा क्षमतामाथि प्रश्न उठे पनि ह्वाइट हाउसले विमान अत्याधुनिक रहेको र राष्ट्रपतिको सुरक्षाका लागि कडा सुरक्षा व्यवस्था गरिएको दाबी गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे