
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय, केसरमहलले तीन निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयका अनुसार सार्वजनिक खरिद ऐनअनुसार यी कम्पनीलाई निश्चित समयसम्म सरकारी खरिद प्रक्रियामा सहभागी हुन रोक लगाइएको हो।
टोखा नगरपालिकाको सिफारिसमा काठमाडौंको स्पेक्स नेपाल प्रालिलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ। त्यस्तै, सडक डिभिजन डोटीको सिफारिसमा काठमाडौंको जेडिएमआर बिल्डर्स प्रालिलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ।
नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा भारतको हैदरावादस्थित एमएस श्रुष्टि कन्टेक प्रालिलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ। कालोसूचीमा रहेका कम्पनीले तोकिएको अवधिभर कुनै पनि सरकारी निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे