
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशमा बढेको भ्रष्टाचार, बेथिति र दण्डहीनता रोक्न कडा कानुन बनाउन माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अपराध गर्ने व्यक्तिलाई सार्वजनिक रूपमा कोर्रा हान्ने कानुन बनाउन प्रस्ताव गरे। अहिले अपराधीलाई पक्राउ गर्ने, अनुसन्धान गर्ने र पछि विभिन्न मिलेमतोमा छाड्ने प्रवृत्तिले समस्या बढाएको उनको आरोप छ।
सामान्य रूपमा सोधपुछ र अनुसन्धान गर्दा अपराधी नसुध्रिने भन्दै उनले कडा सजाय आवश्यक रहेको बताए। सांसद राईले देशको सुरक्षा अवस्था र प्रधानमन्त्रीको कार्यशैलीप्रति पनि प्रश्न उठाए। छिमेकी मुलुकसँगको सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा नभएको उनको आरोप थियो। देशमा सुरक्षा र न्यायको अवस्था कमजोर रहेको भन्दै उनले सांसदहरू समेत सुरक्षित महसुस गर्न नसकेको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे