
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले मधेस प्रदेशका बजेट पेस गर्न नसकेका केही नगरपालिकामा स्थलगत रूपमा गएर समस्या समाधान गर्न सहयोग गर्ने भएको छ। मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल नगरपालिका संघका प्रतिनिधिसहितको टोली सम्बन्धित नगरपालिकामा जानेछ। टोलीले धनुषाको कमला नगरपालिका तथा रौतहटका गरुडा, फतुवा विजयपुर र मौलापुर नगरपालिकामा पुगेर जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालासँग छलफल गर्नेछ।
बजेट बनाउन र नगरसभा सञ्चालन गर्न देखिएका समस्या पहिचान गरी आवश्यक समन्वय र सहजीकरण गरिने मन्त्रालयले जनाएको छ। लामो समयसम्म बजेट पारित हुन नसक्दा स्थानीय तहका दैनिक सेवा, विकास आयोजना र अन्य काम प्रभावित हुन सक्ने भएकाले समस्या समाधानका लागि मन्त्रालयले प्रत्यक्ष रूपमा पहल गर्न लागेको हो।
>
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे