
काठमाडौँ । बजारमा अण्डाको माग बढेपछि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ। नयाँ मूल्य आजैदेखि लागू भएको संघले जनाएको छ। नयाँ दरअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ र मिडियम अण्डा ५०० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, सानो अण्डाको ९७ क्रेट भएको पेटीको मूल्य ३ हजार रुपैयाँ तोकिएको छ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुका कारण ठूलो संख्यामा कुखुरा मरेपछि अण्डाको उत्पादन घटेको छ। उत्पादन घट्नु र बजारमा माग बढ्नुका कारण मूल्य बढाइएको हो। तर, मूल्य बढे पनि किसानले अझै पर्याप्त राहत पाउन नसकेको संघको भनाइ छ। किसानका अनुसार एउटा अण्डा उत्पादन गर्न करिब १९ रुपैयाँ १२ पैसा खर्च हुन्छ। यस हिसाबले एक क्रेटको लागत ५७३ रुपैयाँ ६० पैसा पर्छ। तर, किसानले लागतभन्दा कम मूल्यमा अण्डा बेच्नुपर्ने अवस्था छ। लागत नउठ्दा बैंकको ऋण बढिरहेको र धेरै किसान व्यवसाय छाड्ने अवस्थामा पुगेको अध्यक्ष पोखरेलले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे