
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना माग सरकारले सम्बोधन नगरेको भन्दै आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ। यससँगै नयाँ विज्ञापन, अन्तर्वार्ता, श्रमिक छनोट, भिसा प्रक्रिया र विदेश पठाउने काम रोकिएको छ। पहिले नै तय भएका श्रमिकका उडानसमेत प्रभावित हुन सक्नेछन्।
व्यवसायीहरूले आफूहरूमाथिको कारबाही फिर्ता गर्नुपर्ने, श्रमिकले तिर्ने लागत पारदर्शी बनाउनुपर्ने, सेवा शुल्क वैज्ञानिक ढंगले तोक्नुपर्ने र विदेश जाने हवाई भाडा घटाउनुपर्ने माग राखेका छन्। यसअघि पनि उनीहरूले केही श्रम स्वीकृति र भिसा प्रक्रियाका काम रोकेका थिए।
माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने संघले जनाएको छ। यसबाट वैदेशिक रोजगारीको तयारी गरिरहेका हजारौँ नेपाली प्रभावित हुने सम्भावना छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे