
काठमाडौँ । व्यक्तिक गोपनीयता हननको आरोपमा पक्राउ परेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
आज न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ। यसअघि साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले श्रेष्ठलाई बरामद भएका सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित घरबाट पक्राउ गरेको थियो। आजको सुनुवाइमा अदालतले उनको पक्राउ र हिरासत कानुनी भए नभएको हेर्नेछ। अदालतले हिरासत जारी राख्ने वा श्रेष्ठलाई रिहा गर्नेबारे आदेश दिन सक्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे