
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले संसदमा उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्देशन दिएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले नियमअनुसार प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदका जिज्ञासा र प्रश्नको जवाफ दिन भनेका हुन्।
सांसदहरूले पछिल्लो समय सरकारको काम गर्ने शैली र विभिन्न समसामयिक विषयमा प्रश्न उठाउँदै आएका थिए। तर सरकारबाट पर्याप्त जवाफ नआएको भन्दै उनीहरूले आपत्ति जनाएका थिए। त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई संसदमा आएर सांसदका प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन्।
सभामुखले प्रतिनिधिसभा नियमावलीका नियम ५६ देखि ५९ सम्मको व्यवस्था पालना गर्न प्रधानमन्त्रीलाई भने। यी नियममा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, प्रश्न सोध्ने प्रक्रिया र त्यसको जवाफ दिने व्यवस्था छ। अब प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्नबारे संसदमा जवाफ दिनुपर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे