
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएका छन्। बैठक पार्टीको बनस्थलीस्थित केन्द्रीय कार्यालयमा हुनेछ। बैठकमा पार्टीका विभिन्न पदमा नयाँ सदस्य नियुक्त गर्ने प्रस्ताव पेस हुने तयारी छ।
रास्वपामा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष पद खाली छन्। साथै, २७ सचिवालय सदस्य र ५१ केन्द्रीय सदस्य पनि चयन गरिने तयारी छ। बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्यलाई जानकारी दिइसकिएको पार्टीले जनाएको छ। यसअघि साउन १३ गतेको बैठकले बालेन शाहलाई वरिष्ठ नेता बनाउने प्रस्ताव पारित गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे