
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्न नसकेको बताए।
साम्पाङका अनुसार सीमा सुरक्षा, शान्ति–सुरक्षा, ग्यास र मलको आपूर्ति, रोजगारी, बजार व्यवस्थापन तथा महँगी नियन्त्रणमा सरकार कमजोर देखिएको छ। सहकारीमा पैसा राखेका पीडितले अझै रकम फिर्ता नपाएको तथा न्यायालय र अस्पतालबाट पनि नागरिकले अपेक्षित सेवा पाउन नसकेको उनले बताए।
उनले सरकार संसद्प्रति र संसद् जनताप्रति जवाफदेही हुनुपर्ने भन्दै प्रधानमन्त्रीले जनताका प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने माग गरे। साथै, सुनसरीको ६४ बिघा जग्गा विवाद समाधान गर्न र धरानको बराह सहकारीका बचतकर्ताको अर्बौं रुपैयाँ फिर्ता गराउन सरकारले तत्काल पहल गर्नुपर्ने उनले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे