
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको नयाँ अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त हुनुभएको छ। उहाँले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो।
डा. पौडेल नाक, कान तथा घाँटी रोगका वरिष्ठ विशेषज्ञ हुनुहुन्छ। उहाँ हाल नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा सोही विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ।
यसअघि उहाँले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल र दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा काम गरिसक्नुभएको छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट एमबीबीएसपछि नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस पढ्नुभएको हो। एमएस अध्ययनमा उहाँले गोल्ड मेडलसमेत प्राप्त गर्नुभएको थियो।
डा. पौडेलले यसअघि मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिमा पनि जिम्मेवारी सम्हालिसक्नुभएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे