
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री बन्न नेकपा (एमाले)का किरण थापा मगरले दाबी पेश गरेका छन्। बुधबार उनले राप्रपा र नेकपाको समर्थनमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेश गरेका हुन्। एमाले र नेकपाबीच भएको सहमतिअनुसार बागमतीको मुख्यमन्त्री पद एमालेको भागमा परेको थियो। एमालेले मंगलबार थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।
१०४ सदस्यीय प्रदेश सभामा सरकार बनाउन कम्तीमा ५३ सांसदको समर्थन चाहिन्छ। थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ सांसदको समर्थन रहेको छ।
यसअघि इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे