
काठमाडौँ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले कांग्रेस सांसद प्रकाश देउवालाई पदमुक्त गर्ने सभामुख भीम भण्डारीको निर्णयप्रति आपत्ति जनाएका छन्। बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा शाहले सभामुखले पक्षपातपूर्ण निर्णय गरेको आरोप लगाए। अमेरिकामा करिब ११ महिनादेखि रहेका सांसद देउवालाई सभामुखले मंगलबार पदमुक्त गरेका थिए।
शाहका अनुसार मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभामा विश्वासको मत लिन लागेका बेला देउवालाई पदमुक्त गर्नु शंकास्पद छ। उनले विश्वासको मतको तयारीलाई सहज बनाउनकै लागि देउवालाई हटाइएको दाबी गरे।
शाहले सभामुखको निर्णयले कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे