
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धपछि हर्मुज जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने बताएका छन्। न्युयोर्कमा आयोजित एक कार्यक्रममा उनले इरान अहिले कमजोर अवस्थामा रहेको दाबी गर्दै आफूले चाँडै यस्तो घोषणा गर्ने बताएका हुन्।
ट्रम्पको यो भनाइ गम्भीर नीति परिवर्तन हो वा केवल राजनीतिक अभिव्यक्ति हो भन्नेबारे भने स्पष्टता छैन। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले ट्रम्पको भनाइ अस्वीकार गर्दै इरान कुनै धम्कीबाट नडराउने बताएका छन्। उनले हर्मुज जलमार्गमाथि इरानको नियन्त्रण र अधिकार कायम रहने स्पष्ट पारे।
ट्रम्पले इरानलाई आणविक हतियार बनाउनबाट रोक्न अमेरिकी कदमका कारण अमेरिकीहरूले पेट्रोलमा केही बढी पैसा तिर्नुपर्ने हुन सक्ने बताए। उनले अमेरिकी नाकाबन्दीका कारण आफूले चाहेमा मात्र जहाजहरू हर्मुज हुँदै जान सक्ने दाबी पनि गरे।
यसैबीच, पश्चिम एसियामा तैनाथ अमेरिकी विमानवाहक पोत यूएसएस अब्राहम लिंकनका सैनिकको अवस्थाबारे पनि चिन्ता बढेको छ। लामो समय समुद्रमा रहँदा सैनिकहरू कठिन परिस्थितिमा रहेको र केहीमा मानसिक स्वास्थ्य समस्या देखिएको रिपोर्ट आएको छ। तर ट्रम्पले लामो तैनाथीबारेको चिन्ता अस्वीकार गर्दै अर्को विमानवाहक पोत पठाउने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे