
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूसँग छलफल गर्ने भएका छन्। बुधबार बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्नेछ। बैठकमा लामिछानेले पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा पार्टीका सांसद तथा मन्त्रीहरूलाई आवश्यक निर्देशन दिने बताइएको छ।
सरकार र रास्वपाका सांसदहरूबीच पछिल्लो समय देखिएको असमझदारीका विषयमा पनि बैठकमा छलफल हुने भएको छ। त्यस्तै, देशको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी भूमिकाबारे समेत कुराकानी हुने बताइएको छ।
बैठकमा सांसद र मन्त्रीहरूले आफ्ना धारणा राख्ने तथा देखिएका समस्या समाधानका उपायबारे छलफल गर्ने अपेक्षा गरिएको छ। रास्वपाभित्र पछिल्लो राजनीतिक अवस्थालाई कसरी अघि बढाउने भन्ने विषयमा पनि बैठक महत्वपूर्ण हुने देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे