
काठमाडौं । सरकारले अब सरकारी कार्यालयमा सामान र सेवा किन्दा सकेसम्म नेपाली उत्पादनलाई प्राथमिकता दिन निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई यस्तो व्यवस्था लागू गर्न आग्रह गरेको हो।
संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, आयोग तथा विदेशस्थित नेपाली नियोगले खरिद गर्दा स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्नेछ। बैठक, समारोह र उपहारमा नेपाली हस्तकलाका सामान प्रयोग गर्न पनि भनिएको छ।
स्टेसनरी, फर्निचर, निर्माण सामग्री, मेसिनरी उपकरण, कृषि तथा पशुजन्य वस्तु, खाद्यान्न र पेय पदार्थ किन्दा पनि नेपाली सामानलाई प्राथमिकता दिनुपर्नेछ। तर सामानको गुणस्तर, मूल्य, उपलब्धता र सुरक्षा भने सुनिश्चित गर्नुपर्नेछ।
सरकारले स्वदेशी उत्पादन बढाउने, आयात घटाउने, स्थानीय व्यवसायलाई सहयोग गर्ने र देशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले यो निर्णय गरेको जनाएको छ। सम्बन्धित निकायले यसको नियमित अनुगमन पनि गर्नुपर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे