
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको विधान संशोधन गर्न बनाइएको कार्यदलले पूर्णता पाएको छ। कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठन भएको कार्यदलमा सचेतक प्रकाशचन्द्र परियारसहित १४ जना सदस्य छन्। कार्यदलको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ।
सदस्यहरूमा क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, डा. राम लामा, टीका संग्रौला, शिवजी यादव, पुष्पा चौधरी, स्मृति सेञ्चुरी र समिना मियाँ रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे