
काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले नेपालमा आफ्नो समस्या समाधान नभएको भन्दै फेरि अमेरिका फर्किएको बताएका छन्। धुर्मुसले सामाजिक सञ्जालमार्फत आफू छोरीसहित नेपाल आएर करिब दुई महिना समस्या समाधानका लागि सरकारी निकाय धाएको बताए। देशमै बसेर काम गर्ने र फेरि नेपालीलाई हँसाउने ठूलो सपना बोकेर नेपाल आएको भए पनि आफूले राज्यबाट सहयोग र न्याय नपाएको उनको गुनासो छ।
उनका अनुसार समस्या समाधान नभएपछि भरतपुर महानगरपालिकाबाट आफ्नो परियोजनाका लागि छुट्याइएको करिब १५ करोड रुपैयाँसमेत खर्च हुन नसकी फिर्ता जाने अवस्था आएको छ। उनले आफूले १८ करोड ४३ लाख रुपैयाँको आर्थिक भार र अधुरा सपना बोकेर नेपाल छाड्नुपरेको बताएका छन्।
धुर्मुसले देशका लागि केही गर्ने प्रयास गर्दा पनि राज्यले आफ्नो आवाज नसुनेको गुनासो गरेका छन्। उनले विगत १० वर्ष समाज र राष्ट्रका लागि काम गर्दा आफूले अपेक्षित सहयोग नपाएको बताएका छन्।
यद्यपि, उनले भविष्यप्रति आशा भने नछोडेको बताएका छन्। कुनै दिन आफ्नो समस्या र संघर्षको मूल्यांकन हुने विश्वास व्यक्त गर्दै उनले चाँडै फेरि नेपाल फर्किएर नेपालीहरूसँग भेट्ने आशा पनि व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे