
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्रीको मातहतमा नरहेको बताएका छन्। उनले प्रधानमन्त्रीले बोलाउँदैमा अख्तियारका पदाधिकारी त्यहाँ पुग्नु उचित नभएको बताएका हुन्।
राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियार स्वतन्त्र संवैधानिक निकाय भएकाले आफ्नो मर्यादा र स्वतन्त्रता कायम राख्नुपर्ने बताए। उनले अख्तियारको भूमिका कमजोर हुँदै गएको भन्दै यस्तो अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए।
सिंहले न्यायालय र अख्तियारजस्ता संवैधानिक निकायमा राजनीतिक भागबन्डा हुने गरेको आरोप पनि लगाए। उनका अनुसार यस्ता संस्थाहरूमा पूर्वसरकारी कर्मचारीको प्रभाव बढ्दै गएको छ।
उनले संवैधानिक निकायलाई पूर्वकर्मचारीहरूको समूहजस्तो बनाउन नहुने बताए। साथै, भागबन्डाको राजनीति अन्त्य गरेर संवैधानिक संस्थाहरूलाई निष्पक्ष र स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे