
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधन गर्न प्रतिनिधि सभामा दुई तिहाइ बहुमत पुग्दैमा मात्र प्रक्रिया पूरा नहुने बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले संविधानले तोकेको सबै प्रक्रिया पालना गर्नुपर्ने बताए।
लामिछानेले संवेदनशील राजनीतिक र संवैधानिक विषयमा सञ्चारमाध्यममा आएका समाचार, आरोप वा कसैले दिएको बयानका आधारमा मात्र निर्णय गर्न नहुने बताए। यस्ता विषयमा तथ्य, प्रमाण, कानुन र संविधानलाई आधार बनाउनुपर्ने उनको भनाइ छ।
उनले संवैधानिक निकायमा नियुक्ति गर्दा योग्यता र क्षमता हेर्नुपर्ने बताए। व्यक्तिसँगको विवादका कारण संवैधानिक संस्थामाथि निरन्तर प्रश्न उठाउँदा संस्थाको विश्वसनीयता कमजोर हुने उनको धारणा छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे