
काठमाडौँ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। यसका लागि सोमबार दिउँसो २ बजे प्रदेशसभा बैठक बोलाइएको छ। मुख्यमन्त्री कार्यालयले शुक्रबार नै प्रदेशसभा सचिवालयलाई विश्वासको मत लिने जानकारी दिएको थियो।
नयाँ राजनीतिक समीकरणअनुसार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सहमति भएपछि मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् हेरफेर गरेका थिए। नेपाली कम्युनिस्ट पार्टीका १७ जना सांसद सरकारमा सहभागी भएपछि उनले विश्वासको मत लिन लागेका हुन्।
९३ सदस्यीय कोसी प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ गरी ५७ सांसदको समर्थन कार्कीलाई छ। यस्तै, नेपाली कांग्रेसका २९, राप्रपाका ५ र जनता समाजवादी पार्टीका १ सांसद छन्। त्यसैले कार्कीले विश्वासको मत पाउने सम्भावना बलियो देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे